newskoseli.Com

‘डाक्टर–साक्टर चिन्दैनौं’ : चिकित्सकमाथि प्रहरीको कुटपिट

लकडाउन उल्लङघन गरेको भन्दै प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको छ । त्रिभुवन शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टहरू शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहमाथि प्रहरीले बुधबार साँझ कुटपिट गरेका हुन् ।

क्यान्टिनमा खाना खाएर कोठामा फर्कने क्रममा प्रहरीले चिकित्सकहरुमाथि कुटपिट गरेको हो । अस्पतालबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कुटपिट गरेको इन्टरर्नल मेडिसिन डाक्टर शभ्भु खानलले बताए । कोठानजिकै पुग्ने क्रममा प्रहरीले भ्यानमा आएर सोधपुछ गरेको र आफूहरुले डाक्टर भनेर परिचय दिँदादिँदै ‘डाक्टर–साक्टर चिन्दैनौं’ भन्दै प्रहरीले आक्रमक रूपमा लाठीचार्ज गरेको उनले बताए ।

‘कोठामा पुग्नै लाग्दा नजिकै पुलिसको भ्यान आएर ‘को हो तिमीहरु ?’ भन्दै हामीलाई लछारफछर गरे’, डा. खनालले सञ्चारकर्मीसँग भने– ‘हामीले डाक्टर हौं भन्दै आईडी कार्ड देखायौं तर झन् आक्रामक हुँदै लाठी प्रहार गर्न पो थाले ।’

स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि भएको यस्तो अमानवीय र अक्षम्य घटनामाथि छानविन गरेर कानुनी कारबाही नगरिए यसले देशभरको समग्र स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पार्न सक्नेतर्फ सचेन रहन नेपाल चिकित्सक संघले सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

‘महारीससँग जुध्नका लागि युद्धमैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथि कानुनी कारबाही नगरिएको खण्डमा देशभरको स्वास्थ्य सेवामा गम्भीर असर पर्न सक्ने देखिन्छ,’ संघको विज्ञप्तिमा भनिएको छ– ‘स्वास्थ्यमकर्मी तथा चिकित्सक युद्धमैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन सरकार तथा सरोकाला निकायलाई सचेत गराउँदछौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर