newskoseli.Com

ओली–प्रचण्डलाई २० नेताको पत्र : ‘स्थायी र केन्द्रीय कमिटीको बैठक तत्काल बोलाइयोस्’ (पत्रसहित)

सत्तारुढ नेकपाको स्थायी कमिटीका २० जना सदस्यहरुले अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार पत्र लेखेर तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गरेका छन् । सरकारले हालै जारी गरेका दुइटा अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गरी पार्टीलाई मार्गनिर्देश गर्न तत्काल बैठक बोलाउनुपर्ने माग उनीहरुले गरेका छन् ।

साे पत्रमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुरर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीम आचार्य, भीम रावल, मणि थापा, मात्रिका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघु पन्त, लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलले हस्ताक्षर गरेका छन् ।

यस्ताे छ अध्यक्षद्वयलाई २० नेताकाे पत्र, जस्ताकाे तस्तै–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर