newskoseli.Com

तुहियाे केपी ओलीको ‘डिजाइन’ : राजपा–समाजवादी एकताको सूचना निर्वाचन आयोगमा दर्ता (पत्रसहित)

सिंगै विश्व कोरोनाभाइरस संक्रमणको महामारीमा पिल्सएको र नेपाल पनि त्यसैको चपेटामा एक महिनादेखि अस्तव्यस्त भैरहेका बेला एकाएक दुइटा असान्दर्भिक अध्यादेश जारी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले बजाएको ‘बेमौसमी बाजा’ सुरुमै पराजित भएको छ । समाजवादी पार्टी र राजपालाई फुटाएर ती दुवैका एक–एक कित्तालाई आफ्नो सत्ता–गठबन्धनमा जोड्ने र यसरी आफ्नो पार्टीभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधरहरुविनै बहुमत पुर्‍याएर सरकार टिकाएपछि प्रचण्ड तथा उनी पक्षधरहरूलाई ‘ङ्याक्ने’ प्रधानमन्त्री ओलीको ‘चलखेल’ तुहिएको हाे ।

सोही प्रयोजनका निम्ति भर्खरै सत्ताबाट बाहिरिएको उपेन्द्र यादव–बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीबाट रेणुकुमारी यादव–मोहम्मद इशितयाक राईको नेतृत्वमा एउटा कित्ता बिहीबारै टुक्र्याएर सत्ता–गठबन्धनमा भित्र्याउने गृहकार्य अन्तिममा पुगेको थियो । तर, बुधबार राति समाजवादी–राजपा एकीकरण भएर बिहीबार बिहान ११ बजे नै त्यसको सूचना निर्वाचन आयोगमा दर्ता गराइएपछि अब विभाजनकारीहरुले संसदीय दल वा पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउने सम्भावना तत्काललाई टरेको छ । यसरी केपी ओलीको पहिलो ‘खेल’ पराजित हुन पुगेको छ ।

समाजवादी–राजपा एकीकरण भई बनेको ‘जनता समाजवादी पार्टी’ ले पार्टी एकताको जानकारी निवेदन निर्वाचन आयोगमा दर्ता गराइसकेको छ । बिहीबार बिहान ११ः१६ मा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । सो निवेदनको दर्ता नम्बर १३८८ रहेकाे छ । एकीकृत भएका दुवै दलका अध्यक्षसहितका नेताहरु राजधानीको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका हुन् । पार्टी एकीकरणको सहमतिपत्रसहित आयोगमा बुझाइएको पत्रमा राजपाका संयोजक शरतसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर