newskoseli.Com

ओली–प्रचण्ड–देउवा भेटघाट, के–के भयो छलफल ?

विवादास्पद दुई अध्यादेश खारेज गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग छलफल गरेका छन् । अध्यादेश खारेज गरेलगत्तै प्रधानमन्त्री ओलीले शुक्रबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवा र सत्ताधारी नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका हुन् ।

दिउँसो ३ देखि ४ बजेसम्म ओली र देउवाबीच वान–टु–वान वार्ता भयो । ४ बजेपछि ओली र देउवा र प्रचण्डबीच छलफल भयाे । ओली र देउवाबीच समसामयिक राजनीति र देशको अवस्थाबारे कुराकानी भएको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिएका छन् ।

छलफलका क्रममा सभापति देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकामा प्रधानत्रीलाई धन्यवाद दिए । ‘अपहरणको शैलीमा’ सांसदलाई जनकपुरबाट काठमाडौं ल्याउनेमा संलग्नहरुलाई कार्बाही गर्नुपर्ने माग देशभर उठेको भन्दै आफ्नो पनि त्यही माग रहेको देउवाले बताए । देशमा कानुनी राज कायम भए उनीहरूमाथि निष्पक्ष अनुसन्धान र कार्बाही हुनुपर्ने देउवाले माग गरेको बताइएको छ ।

ओली–देउवाबीच छलफलकै क्रममा प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि बालुवाटार बोलाए । ४ बजेपछि ओली, देउवा र प्रचण्डबीच चलेकाे छलफलमा  प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि देउवा र प्रचण्डसँग सुझाव र सहयोग मागे ।

यो पनि पढ्नोस्–
अन्ततः पछि हटे ओली : दुवै अध्यादेश खारेज !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर