newskoseli.Com

प्रचण्ड–माधवले मागे राजीनामा : ओलीले नमानेपछि सचिवालय बैठक विनानिश्कर्ष स्थगित

बुधबार साँझ बसेको सत्ताधारी नेकपाको सचिवालय बैठक विनानिश्कर्ष स्थगित भएको छ । सचिवालयको बैठक २० वैशाखमा फेरि बस्ने र त्यसले स्थायी कमिटीको बैठक बाेलाउन तथा अरु विषयमा समेत निर्णय गर्ने सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेअनुरुप स्थायी कमिटी बैठक बोलाउने बारेमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेकाे हाे । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतका नेताहरू आ–आफ्नै अडान कायम रहेपछि बैठक निश्कर्षबिहीन बनेको हो ।

बैठकमा प्रचण्ड र माधव नेपाललगायत अधिकांश सचिवालय सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरे । तत्काल स्थायी कमिटीकाे बैठक बोलाउन पनि उनीहरूले आग्रह गरे । तर, प्रधानमन्त्री ओली भने दुवै पदबाट राजीनामा नदिने र स्थायी कमिटीकाे बैठक समेत नबोलाउने अडानमा रहे ।

दुई पक्ष आ–आफ्ना अडानबाट टसमस नभएपछि २० वैशाखमा फेरि सचिवालयकै बैठक बस्ने गरी बुधबारकाे बैठक निश्कर्षविनै स्थगित भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर