newskoseli.Com

संविधान संशाेधन विधेयकमाथि सैद्धान्तिक छलफल : कांग्रेस, जसपासहित संसदका सबै दलको समर्थन

नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएअनुरूप संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयकमाथि संघीय प्रतिनिधिसभामा मंगलबार भएको सैद्धान्तिक छलफलमा भाग लिने नेपाली कांग्रेस, जसपालगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन जनाएका छन् ।

सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणले पार्टीका तर्फबाट समर्थन जनाएका हुन् । सुगौली सन्धिअनुसार काली नदीपूर्व नेपालको भूमि रहेको खाँणले बताए । जेठ १७ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका पक्षमा समर्थन गर्ने संस्थागत निर्णय गरेको उल्लेख गर्दै संशोधनमा आफूहरूको दृढ समर्थन रहेको प्रमुख सचेतक खाँणले बताए ।

‘प्याकेजमै संविधान संशोधन’ को माग गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) ले पनि सरकारले दर्ता गराएको संविधान संशोधनको विधेयेकमाथि समर्थन जनाएको छ । सो पार्टीका सांसद लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले संसदमा बोल्दै आफुनो पार्टी संशोधनको पक्षमा उभिने बताएका हुन् ।

राष्ट्रियताको विषय आन्तरिक र बाह्य हुने भएकाले राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने भन्दै सांसद राजेन्द्र श्रेष्ठले सरकाको तर्फबाट आएको संशोधनको समर्थन गर्नुपर्ने र गरिने बताए । राष्ट्रियताको विषयमा शंका गरिएकामा आपत्ति जनाउँदै सांसद लक्ष्मणलाल कर्णले पनि विधेयकमाथि समर्थन जनाए । महाकाली सन्धि र सन् १९५० को सन्धिका विषयमा समेत छलफल गर्नुपर्ने उनले बताए ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सैद्धान्तिक छलफलका लागि संघीय प्रतिनिधिसभाको मंगलबारको बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत गरेकी हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर