newskoseli.Com

५३३५ पुगे संक्रमित : शनिबार थपिए २७३, कूल डिस्चार्ज ९१३, कूल मृतक १८ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ५३३५ पुगेको छ । त्यस्तै डिस्चार्ज हुनेकाे कूल संख्या ९१३ र काेराेनाबाट ज्यान गुमाउनेकाे कूल संख्या १८ पुगेकाे छ ।

पछिल्लाे २४ घन्टामा थप २७३ जनामा संक्रमण, ३६ जना डिस्चार्ज र २ जनाकाे मृत्यु पुष्टि भएसँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४७ पुरुष र २६ महिला गरी ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये ३६ जना डिस्चार्ज भएको पनि उनले बताए । अब डिस्चार्ज हुनेको कूल संख्या ९१३ पुगेको छ । कोरोनाभाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको समेत शनिबार पुष्टि गरिएको छ ।

निजगढ, बाराका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको र उनमा कोरोना संक्रमणको पुष्टि भएको प्रा.डा. गौतमले बताए । त्यसैगरी, जेठ २८ मा पर्सामा मृत भेटिएका पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । यो विवरणसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

भिडियाेमा हेर्नाेस् ब्रिफिङकाे पूरा विवरण–

https://www.facebook.com/mohpnep/videos/1458342664372415/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर