newskoseli.Com

नेकपा स्थायी कमिटी : एजेन्डा पुनर्लेखन र अध्यक्षद्वयको सम्बोधन, अर्को बैठक १२ गते (परिमार्जित एजेन्डासहित)

फाइल तस्बिर

सत्ताधारी नेकपाको बुधबार बसेको स्थायी कमिटीको बैठक सुरुदेखि नै तिक्ततापूर्ण रह्यो । बैठकको सुरुआतलगत्तै महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको एजेन्डाप्रति सदस्यहरुले आपत्ति जनाएपछि बैठकले नै एजेन्डाहरुको पुनर्लेखन गर्‍यो ।

एजेन्डाहरुको पुनर्लेखनपछि अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली तथा अर्का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकलाई सम्बाधन गरे । अध्यक्षद्वयको सम्बोधनपछि निम्न एजेन्डा सूची बोकेर १२ असार, बिहान ११ बजे बालुवाटारमै पुनः बैठकलाई निरन्तरता दिने गरी बैठक स्थगित गरियो ।

बुधबारको बैठकले स्थायी कमिटीमा छलफल गर्न निम्नानुसार ७ बुँदे परिमार्जित एजेन्डा तय गरेको छ–

१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य
२. कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने
३. सीमा समस्या र समाधानबारे
४. सरकारको कामको समीक्षा
५. पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता
६. एमसीसीबारे
७. विविधि

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर