newskoseli.Com

एमाले दर्ताका लागि आयोगमा निवेदन : माओवादी केन्द्र र चुनावचिह्न पहिल्यैदेखि कायमै

साढे दुई वर्षअघि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा (नेकपा) गठन भैसकेको छ । सत्ताधारी नेकपा (नेकपा) दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया अघि बढेसँगै पूर्वपार्टी दुवै स्वतः अस्तित्वविहीन भइसक्नु पर्ने हो । तर, धरैलाई अचम्म लाग्न सक्छ– अहिले पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुर्व पार्टीकाे अस्तित्व कायमै छ र ती दुवै पार्टी क्रियाशील नै छन् ।

तत्काली एमाले–माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेका माओवादी नेता गोपाल खम्बू (किराँती) को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) निरन्तर अस्तित्वमै छ । र, सो पार्टीले गतवर्ष नै आयोगद्वारा नेकपा (माओवादी केन्द्र) काे पुरानै चुनाव चिह्न (गोलाकारभित्रको हँसिया–हथौडा) प्राप्त गरिसकेको छ ।

त्यसैगरी, हालै मात्र आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन परेको छ । तर, सो निवेदन कुन पृष्ठभूमि, तह र स्तरका नेताले दर्ता गराएर पुरानाे एमालेकाे निरन्तरता दावी गरेका हुन् भन्ने कुराचाहिँ खुलिसकेको छैन । हाल चालु सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठकमा मंगलबार एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा परेको निवेदनबारे छलफल भएको सो पार्टीका एक नेताले जानकारी दिएका छन् ।

सत्ताधारी नेकपाकाे उच्च नेतृत्वतहमा चर्को झगडा चलिरहेको र पार्टी फुटाएर भिन्नै राजनीतिक समीकरणका साथ सत्ता टिकाउन स्वयं अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली नै लागिरहेको भन्ने समाचारहरू निरन्तर बाहिरिइरहेका छन् । त्यसै उद्देश्यका निम्ति यसअघि नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर चर्को विवादमा परेपछि केही समय पछि हटेजस्तो गरेका खड्ग ओलीले फेरि पनि त्यही कसरत अघि बढाई नै रहेकाे चर्चा चलिरहेकाे छ । यसबेला नेकपा (एमाले) दर्ताका निम्ति सार्वजनिक चर्चाविनै निर्वाचन आयोगमा परेको निवेदनलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर