newskoseli.Com

सुन तोलामा ५ सय रुपैयाँले सस्तो

शुक्रबार एकैपटक ३ हजार रुपैयाँले बढेको सुनको मूल्य साताको पहिलो दिन सस्तिएको छ । आइतबार सुन तोलामा ५ सय रुपैयाँले सस्तो भएको छ ।

आज सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य ५६ हजारबाट बढेर एकैदिनमा ५९ हजार रुपैयाँमा पुगेको थियो ।

जनमत संग्रहमार्फत बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेपछि सुनको मूल्यमा भारी वृद्धि भएको थियो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएपछि नेपालमा पनि सुन सीसतएको हो ।

आइतबार तेजावी सुन भने ५८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवजसायी महासंघले जनाएको छ । यस्तै आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर