newskoseli.Com

दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा युवाहरुलाई अपिल

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले देशका युवाहरुलाई शान्त र संयमित रहन आग्रह गरेका छन् ।

उनले देशका समग्र युवा जगतलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। राष्ट्रपति जुमाले देशका युवा बर्ग भनेको देशमा अशान्तिको अवस्था आएमा पनि यसका विरुद्धमा लागि देशमा शान्ति स्थापनाको लागि भूमिका निर्वाह गर्ने सशक्त बर्ग हो भनेका छन् ।

दक्षिण अफ्रिकाको पूर्वी भूभागमा रहेको किङ्गस पार्क स्टेडियममा आइतबार युवाहरुकाे र्यालीको समापनका अवसरमा मन्तव्य राख्दै उनले युवा बर्गलाई संवेदनशील बन्न पनि आग्रह गरेका छन् ।
सो र्यालीको आयोजना दक्षिण अफ्रिकाको अफ्रिकन नेशनल कंग्रेस युथ लिगले गरेको हो । दक्षिण अफ्रिकामा युवाहरुको छाता संगठनको रुपमा रहेको सो युथ सङगठनलाई राष्ट्रपति जुमाले देशमा शान्तिको स्थापना गर्न तथा हिंसात्मक प्रकृति र प्रवृत्तिका प्रदर्शनहरु नगर्न आग्रह गरेका हुन् ।

जातिवाद र रङ्गभेदका विरुद्धमा लडी समाजमा न्याय र नैतिकताको स्थापनाका लागि युवाहरुले संघर्ष गर्नुपर्ने भन्दै यसैबाट नै उनीहरुबीचमा क्षमता अभिबृद्धि हुने धारणा राखे ।
शान्ति र स्थायित्व नै देश विकासका प्रमुख आधारहरु हुन् भन्दै यसरी गरिने विकासका माध्यमबाट देशमा विभिन्न जाती र बर्गका बीचमा सद्भाव कायम हुने पनि उनले बताए ।
देशका विभिन्न भूभागमा पछिल्लो समयमा विभिन्न राजनीतिक एवम् हिंसात्मक प्रदर्शनहरु भएका थिए । यस प्रदर्शनका विरुद्धमा उनले यस्तो धारणा राखेका हुन् ।
त्यस अवसरमा उनले युवाहरुलाई यस्ता हिंसात्मक प्रदर्शनमा नलाग्न पनि आग्रह गरे। उनले शान्तिका लागि सबैको ध्यानाकर्षण पनि गराए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर