newskoseli.Com

ईयूबाट ब्रिटेन अलग्निे विषयमा जर्मनी र फ्रान्स एक मत

यूरोपियन युनियनबाट ब्रिटेन अलग्गिने निर्णय पछिको विकसित घटनाक्रमका विषयमा जर्मनी र फ्रान्स एक मत भएका छन् ।

जर्मन चान्सलर एंगेला मर्केल र फ्रेन्च राष्ट्रपति फास्वाँ ओलाण्दबीच संकट समाधानमा एक मत हुने गरि पुरा सहमति भएको हो । फ्रेन्च राष्ट्रपति ओलाण्दले विभाजित हुंदा खतरा बढ्ने चेतावनी दिएका छन् ।

दुई नेताबीच ईयूबाट ब्रिटेन अलग्गिएपछिको कुटनीतिक गतिविधिबारे बर्लिनमा छलफल हुंदैछ । यसैबीच स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ब्रिटेनले ईयू त्याग्ने निर्णयमाथि स्कटिस संसदले भिटो प्रयोग गर्न सक्ने बताएका छन् ।

उनले संसदले पनि यस निर्णयलाई स्वीकृति दिनु पर्ने भनेका छन् । तर स्कटल्याण्डमा ६२ प्रतिशत मतदाताले ईयूमै रहनु पर्ने पक्षमा मत दिएका थिए ।

यता अमेरिकी विदेशमन्त्री जोन केरी पनि छलफलका लागि लण्डन र ब्रसेल्स् पुग्दै छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने ब्रिटेनको निर्णय पछि पनि दुई मुलुकबीचको सम्बन्ध विशेष रहिरहने बताएका छन् ।

यता ईयू ब्रिटेनबाट अलग्गिने निर्णय पछि खस्किएको पाउण्डको मूल्यमा आज पनि गिरावट कामयै छ । ईयूका विभिन्न विदेश मन्त्रीहरुले ब्रिटेनलाई ईयूबाट अलग्गिने प्रक्रिया छिटो लाग्न आग्रह गरेका छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर