newskoseli.Com

माथिल्लो कर्णालीमा जापानको लगानी

जापानले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा लगानी गर्ने इच्छा देखाएको छ। राजधानीमा बुधबार भएको नेपाल र जापानका परराष्ट्र अधिकारीको द्विपक्षीय परामर्श बैठकमा जापानी अधिकारीले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा जापानको सम्भावित लगानीबारे चासो राखेका हुन्।

नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले उक्त परियोजनामा विश्व बैंकसँग मिलेर जापानले लगानी गर्न सक्ने बताएका थिए।

अर्यालले माथिल्लो कर्णालीजस्ता ठूला परियोजनाका लागि जापानले लगानी बोर्डसँग थप समन्वय र परामर्श गर्न आवश्यक रहेकोसमेत बताएका थिए। माथिल्लो कर्णाली परियोजनामा भारतीय कम्पनी जीएमआरको लगानी छ।

जापानका तर्फबाट आठ सदस्यीय टोलीको नेतृत्व गरेका त्यहाँको परराष्ट्र मन्त्रालयका दक्षिणपूर्वी तथा दक्षिणपश्चिम एसिया विभागका महानिर्देशक नासिदा कजुयाले नेपालको जलस्रोतमा लगानी गर्न जापान इच्छुक रहेको बताए।

बैठकमा नेपाल र जापानबीचका द्विपक्षीय सहकार्यमा नेपालमा सञ्चालित परियोजना, भूकम्पपछिको पुनर्निर्माणमा जापानी सहयोग, नेपालको सामाजिक आर्थिक विकासमा जापानको सहयोगलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर