newskoseli.Com

अमेरिकी कारवाहीमा २५० भन्दा बढी आइएस लडाकु मारिए

इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २५० भन्दा बढी आइएस लडाकु मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको गठवन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा आइएसका लडाकु सवार ४० भन्दा बढी सवारी साधनलाई लक्ष्य बनाइएको थियो ।

दक्षिणी फलुजामा भएको सो हवाई हमलाको विस्तृत विवरण दिइएको छैन । टर्कीको इस्तानबुलस्थित एक विमानस्थलमा आतंकवादी हमला भएको २४ घण्टा नबित्दै अमेरिकी नेतृत्वको गठबन्धनले आइएसविरुद्ध इराकमा कारवाही तीब्र तुल्याएको हो ।

पछिल्लो कारवाहीमा ठूलो सफलता मिलेको अमेरिकी सेनाले जनाएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर