प्रिया प्यारो सम्झना
प्रिया अचेल तिम्रा याद धेरै आउँछ । साँच्चै ! मलाई यो संसारमा मान्छे भएर बाँच्न अपठ्यारो भएको छ । तिम्रो यादहरूको साहारा लिइ हाँस्ने प्रयास गर्दैछु । तिमीलाई मेरा यादहरूले नाफा हैन नोक्सान गरे होलान् तर मलाई तिम्रा यादहरुले फाइदा गरेका छन् । धेरै फष्टाएको छ यो व्यवसाय आजकल ।
जिन्दगीमा सुःख–दुःख दुबै हुन्छन् । दुःख नभई सुःख हुदैन, आँखाहरूबाट आँशु नचुही ओठमा हाँसो फल्दैन रे । धेरै मान्छेहरू भित्र पीडा लुकाई बाहिर फिस्स हाँस्ने गर्छन् र म पनि त्यस्तै । मलार्इ लाग्न थालेको छ– मान्छे भएर यो दुनियामा बाँच्न सजिलो छैन । कसै–कसैले भन्लान बाँच्न सजिलो छ भनेर तर मलाई लाग्दैन । हेर न ! समाजले पनि चोखोरनिश्चल प्रेमलाई उपराध सम्झन्छ । यो समाजले अझसम्म पनि माया के हो भन्ने बुझेको छैन । प्रेम विचित्र छ जसले रुवाउँछ उसैले हसाउँछ, थरी थरीका सपना देखाउँछ अन्तततः उसैले सपनाहरू तुहाइदिन्छ, कस्तो विडम्बना ।
मान्छेले गर्ने प्रेम पनि फरक–फरक हुन्छन । कसैको आँखाले प्रेम गर्छ, कसैको कान, कसैको बोली त कसैको मनले प्रेम गर्छ । हो म तिमीलाई मनले प्रेम गर्थेँ । जीवनको दौरानमा मैले धेरै सहपाठीलाई भेटेँ र कतिले मलाई । सोचेको थिएँ त्यहि यात्रामा भेटिएकी तिमी भने कहिल्यै टाढा हुने छैनौ । कहिल्यै नमेटिने गरी मनभित्र एउटा सानो छाप्रो हालेर बस्नेछौ। कोही मान्छे आँखाबाट फर्केर गए त कोही मनबाट । त्यहि बाटो हुँदै आएकी तिमी भने फर्किनु त परै जावस् मनमा एउटा अड्डा जमाएर बसेकी थियौ । म भने तिमीलाई आकाशका तारा अनि समुद्रको मोती खोज्न व्यस्त भइरहेँ । मेरो एउटा मन छ त्यहि मनले तिमीलाई भित्र लुकाएर राखेको थियो, कसैले नदेख्नेगरी ।
मैले तिम्रो तस्विरलाई आँखामा राखेको थिए । तर हिजो आज प्रेम भन्दा पनि ठूलो याद हो कि जस्तो लाग्न थालेको छ । किन भने प्रेम खुःसीमा मात्र हुन्छ, दुःखमा हुदैन । अचेल हाँसो पनि विरानो लाग्न थालेको छ, सायद मनभरी पीडा भएर होला । यदि मनमा लागेको दाग साबुन पानीले पखाल्दा सफा हुने भए पखाल्न हुन्थ्यो । यो मन पनि कस्तो कमलो, पीडा भयो कि चसक्क चस्किन्छ भने आफ्नो मान्छे अलि टाढा हुँदा मन भतभति पोल्न थाल्छ । आखिर मन किन दुख्छ होला ! न चोट लागेको हुन्छ न दाग बसेको हुन्छ । मलहम बनेर आउँछन्र, पछि खुकुरी भएर जान्छन । आखिर किन मान्छेहरूलार्इ यही कुराले पीर लाग्छ, चित्त दुख्छ । तिमी मनमा बसेकी थियौ र त मेरा मन भरी हजार–हजार सपना, आँखाभरी रहरै–रहर चाङ लागेका थिए । ती रहरहरू आज अनायसै बिलाएर गएका छन् । ती आशाहरूमा हिजो–आज खडेरी परेको छ ।
तिमीले मलाई छोडेर गयौ तर याद र अतितहरू मलार्इ नै छोडेर । तिमी जुन दिन यो मनको बाटो हुँदै बस्नुस्, म गएँ भनी हात हल्लाउँदै गयौ त्यही दिनबाट कहिल्यै फर्केनौ । यादहरू मसंगै हुन्छन् हरेक बखत, हरेक क्षण । मलार्इ कहिल्यै एक्लो हुन दिदैनन् । अतितहरूले राज गर्छन मेरो मनमा । त्यसैले तिमीभन्दा तिम्रो यादहरूको बढी माया लाग्छ मलार्इ । तिमीले जसरी मलार्इ छाडेर गयौ नी त्यसरी यादहरूले मलार्इ छाडेर जान सक्दैनन् र त मलार्इ यादको औधी माया लाग्छ । सायद मनमा चोट परेपछि आँखाले सहन सक्दैन र आँशु बगाई दिने रैछ । कुलेसो खनेर मनको फाँटमा आँशुले सिचाई गरेको छु । रुवाईले आफैँलाइ कमजेर बनाउँछ भनेको सुन्दा म रोईरहेको हुन्छ । खै मलाई थाहा छैन, सबैलाई थाहा हुन्छ रे कसैले चोट दियो भने अरू हैन मन दुख्छ भनेर । मन दुख्यो भने किन आँखाबाट आँशु झर्छ रे ।
मनले कत्तिलाई प्रेमको ह्वेल चिएरमा राखेको हुन्छन् । मलाई प्रेम गर्नेहरू प्रति माया लाग्दैन, रिस उठ्छ । मान्छेहरूको मन पनि कस्तो हुने आफैँ रुवाउँने आफै हँसाउने । हामी त संसारमा माग्न जन्मिएका मान्छे– सानोमा आमासँग रोटी, स्कूल जाँदा साथीसँग कलम र अरू कसैकी हुन लागेकी तिमीसंग माया मागियो के मागिएन जिन्दगीमा । म आफैँलाई सम्हाल्ने कोशिस गर्छु बेला–बेला । तर सक्दिन सम्हाल्न मनलार्इ । कहिलेकाहिँ तिमी भने सपनीमा आउछ्यौ सिरानी भिजाएर जानछ्यौ । आखिर मन पनि अचार चाखे जसरी चाख्न मिल्न भैदिए जीवनमा कहिल्यै रुनु पर्ने थिएन । चाखेरै थाहा पाउने थेँ कि तिम्रो मन कस्तो छ भनेर । जे भएपनि जस्तो भएपनि म तिमीलाई घृर्ण हैन माया गर्छु सच्चा मनले । तिमीले त मेरा नाम तिम्रो मनको पानाहरूबाट मेटाइसकेउ होला तर म तिम्रो नाम मेट्न त त के केर्दै केर्दिन जे भने भन् । तिमीले गाली गरे पनि माया गरे जस्तो लाग्छ । मान्छेहरूको बानी खत्तम हुँदो रहेछ । जस्ले मित्र भनेर सम्मान गर्छ उसैले आँखाको कसिङ्गर सम्झिने । यस्तै हुँने रहेछन् मान्छे र मान्छेका मनहरू । संगै यात्रामा हिडाउने र बिचमा पुर्याएर छाड्ने । म मान्छेहरूको मनलाई सेलुट गर्छु भित्री मनैदेखि ।
जे भयो भयो धन्यवाद तिमीलाई ! जीवनमा हँसाऊने आफन्तहरू धेरै हुन्छन रुन तिमीले सिकायौ । म आफूले आफैँलाई चिन्न सकेको थिएन तिमीले चिनायौ । सुखमा रमेको थिए आँशु के हो बुझायौ, जिन्दगीको अर्थ सिकायौ । मान्छेहरू भनेका कुनै नाट्कका पात्र रहेछन् । तिमीले सुःखी र खुःसीको भूमिका पायौ, मैले दुःखी र धोके खानेको । कसैलार्इ केही भन्नु छैन आफ्ने भूमिका आफैँ निभाउँदै जानेछु । तिमीले मलाई आफ्नो मनबाट निकाले पनि तिम्रा यादहरूले मलाई निकाल्न सक्ने छैनन् म ढुक्क् छु त्यसैमा । सधै सुःखी र खुःसी रहनू दुःखमा आशु कहिल्यै झार्नु नपरोस् । ओठमा हाँसो कहिल्यौ नटुटोस् । धन्यवाद तिमीलाई ।
उही तिम्रो
नालायक साथी
कार्की डाँडा–९, मुगु