गुल्मी बडागाउँ गाविसका अग्निपीडितका लागि राहतस्वरुप नगद आर्थिक सहयोग थपिँदै गएकोे छ ।
गाविस–१ र २ का अग्निपीडितका लागि विभिन्न सङ्घसंस्था, व्यक्ति, आमा समूह, गाविस, विद्यालय, व्यापारीलगायत गरी हालसम्म एक करोड ७६ लाख ७३ हजार बराबरको राहत नगद सहयोग भएको छ ।
अझै सहयोग जुट्ने क्रम जारी रहेको रकम बडागाउँ अग्निपीडित राहत सङ्कलन तथा वितरण समितिका कोषाध्यक्ष हरि छन्तेलले जानकारी दिए ।