newskoseli.Com

रसियाद्वारा टर्कीको भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा

 रसियाले आफ्ना नागरिकलाई टर्कीको भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सो प्रतिबन्ध फुकुवा गरिएको नयाँ निर्देशिका जारी गरेका हुन्।

उनले यसका साथै रसियाबाट टर्कीमा हुने आवतजावतलाई थप व्यवस्थित एवम् सुरक्षित बनाउने विषयमा काम थाल्न पनि रसियाली अधिकारीहरुलाई आदेश दिएका छन् ।

टर्कीले रसियाली युद्धक विमान आफ्नो अनुमतिबिना उडेको भन्दै खसालिदिएको थियो । आकाशमा अतिक्रमण गरेको र बारम्बार सचेत गराउँदासमेत नहटेको भन्दै आक्रमण गरी टर्कीले गत वर्ष मात्र रसियाली युद्धक विमान नै खसालेको थियो ।

त्यसयता टर्की र रसियाबीच सम्बन्ध चिसिएको थियो । त्यसका कारण रसियाले कैयौं उत्पादनहरुमा पनि टर्कीमाथि नाकाबन्दी  लगाउँदै आएको थियो ।

सन् २०१५ को नोभेम्बरदेखि चिसिएको सो सम्बन्धमा बुधबार नयाँ आयाम थपिएको महसुश गरिएको छ । टर्कीको स्तानबुलमा आतङ्ककारी हमलापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सहयोगको अपिल गरेका थिए।

यसका लागि टर्कीका राष्ट्रपतिले रसियासँग माफ मागेका थिए । रसियाली युद्धक विमान खसालेको घटना दुःखद भएको भनी उक्त घटनामा मृत्यु भएका विमान चालकका परिवारसँग पनि उनले माफी मागेका हुन् ।

बुधबार टर्कीका समकक्षी एर्डाेगानले रसियाली राष्ट्रपति पुटिनसँग यस्तो प्रतिबन्ध हटाउन र आर्थिक हिसाबको नाकाबन्दी पनि हटाउन आग्रह गरेका थिए ।

साे आग्रहपछि राष्ट्रपति भ्लादिमिरले रसियाली अधिकारीहरुलाई टर्कीबाट ल्याउने खाद्यान्न सामग्री, उडान र प्याकेज टुरमा यसअघि लगाएको प्रतिबन्ध सामान्यीकरण गर्दै लैजान आदेश दिएका  छन् ।

टर्कीको स्तानबुलमा बुधबार भएको आतङ्ककारी हमलापछि टर्कीका राष्ट्रपतिले विश्वका सबैदेशसँग आतङ्कवादका विरुद्धमा लड्न सहयोगको अपेक्षा गरेका थिए । सो अपेक्षाअनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीसँगको व्यापारिक सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर