newskoseli.Com

हवाई हमलाबाट आइएसको कोषमा रहेको ८० करोड डलर नष्ट

अमेरिकी सेनाका अधिकारीहरुले आतंककारी संगठन इस्लामिक स्टेट (आइएस)को कोषमा रहेको ८० करोड अमेरिकी डलर हवाई आक्रमणका क्रममा नष्ट गरिएको बताएका छन् ।

अमेरिकी सेनाका मेजर जनरल पिटर गस्टर्नले अमेरिकी सेनाले आइएसको कोषलाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यस क्रममा उसको कोषमा रहेको ८० करोड डलर नष्ट भएको बताए ।

सन् २०१४ मा अमेरिकाले आफूले अहिलेसम्म कारबाही अभियानमा सामेल भएका मध्ये आइएस सबैभन्दा धनी विद्रोही संगठन रहेको बताएको थियो ।

अमेरिका नेतृत्वको गठबन्धन सेनाले आइएसविरुद्ध गरेको कारबाहीबारे पत्रकारलाई जानकारी दिने क्रममा जनरल गस्टर्नले पछिल्ला २० हवाई आक्रमणका क्रममा आइएसको कोषको ठूलो रकम नष्ट गरिएको बताएका हुन् ।

उनले इराकको मोसुलमा रहेको एक घरमा गरिएको आक्रमणमा मात्रै १५ करोड नष्ट भएको दाबी गरे । कति रकम नष्ट भयो भन्ने यकिन गर्न नसकिए पनि ५० देखि ८० करोड डलरसम्म नष्ट भएको हुनसक्ने उनको भनाइ थियो । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर