newskoseli.Com

वीरगन्ज भन्सारमा राजश्व असुली लक्ष्य ३० अर्ब घट्यो

वीरगन्ज भन्सारले राजश्व असुली लक्ष्य घटाएको छ । भन्सार विभागले गरेको निर्णय अनुसार वीरगन्ज भन्सारको बार्षिक राजश्व असुली लक्ष्यमा ३० अर्ब रुपैयाँले घटाइएको हो ।

मधेसी मोर्चाको आन्दोलन र भातीय नाकाबन्दीको कारण ६ महिना तराई क्षेत्रमा प्रभाव परेको भन्दै राजश्व असुली लक्ष्य घटाइएको हो ।

१ सय ३४ दिनसम्म भन्सार अवरुद्ध हुँदा सबैभन्दा बढी प्रभावित वीरगन्ज भन्सार कार्यालयले ८ महिनापछि चैतमा मासिक लक्ष्यको सत प्रतिशत भन्सार असुली गरेको छ ।

बन्द हड्तालले १ प्रतिशतमा राजश्व असुली झरेको अवस्थामा बार्षिक लक्ष्य नपुग्ने निश्चित भएपछि भन्सार बिभागले तोकेको लक्ष्यलाई मिनाहा गरेपछि वीरगन्ज भन्सारको मासिक असुली पुरा हुने बताइएको छ  ।

वीरगन्ज भन्सारको बार्षिक राजश्व लक्ष्य साविक  १ खर्ब ३ अर्ब भए पनि घटाएर ७० अर्ब ८ करोड पारिएको छ ।

नयाँ लक्ष्य अनुसार वीरगन्ज भन्सारले चैतमा ७ अर्ब १ करोड ७१ लाख १२ हजारभन्दा झण्डै ७ प्रतिशतले बढी अर्थात् ७ अर्ब ४९ करोड १५ लाख २ हजार रुपैयाँ राजश्व असुली गर्न सफल भएको हो  ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर