newskoseli.Com

बंगलादेशमा दुई दिने राष्ट्रिय शोकको घोषणा

बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिका दुई दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

ढाकाको गुलसन क्षेत्रस्थित होले आर्टिसन वेकरी क्याफेमा गरिएको आक्रमणमा २० जना मारिएका थिए । मारिनेमा नौ जना इटालियन, सात जापानी, एक अमेरिकी र एक जना भारतीय नागरिक छन् ।

एक जना इटालीयनको अवस्था अझै पनि स्पष्ट हुन सकेको छैन । घटनामा दुई प्रहरी अधिकृत पनि मारिएका छन् भने ३० जना घाईते भएका छन् ।

यूरोपेली शैलीको विदेशीहरु माझ लोकप्रिय उक्त क्याफेमा बन्धक बनाइएकाहरु मध्ये १३ जनालाई बंगालादेशी कमाण्डोले १२ घण्टा पछि उद्धार गरेका थिए ।

सुरक्षा कारवाहीमा छ जना बन्दुकधारी मारिएका छन् भने एक जना पक्राउ परेका छन् । बन्दुकधारीले मुश्लिमको पवित्र महिना रमादानको अवसरमा रातको खाना खान जम्मा भएका माझ शुक्रबार आक्रमण गरेका थिए ।

सुरक्षा कारवाहीमा छ जना आक्रमणकारी मारिएको र एक जना पक्राउ परेका छन् । बन्दुकधारीले कुरानका श्लोक पढ्न नसक्नेलाई यातना दिदै मारेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले दुई दिने शोकको घोषणा गर्दै आतंकवादलाई निर्मूल पार्ने अठोट गरेकी छिन् । धर्ममा विश्वास गर्ने कसैले पनि यस्तो बर्बर कार्य गर्न नसक्ने उनको भनाई थियो ।

आक्रमणको जिम्मा लिएको आईएसले आक्रमणमा संलग्न पांच जनाको तस्वीर अनलाईन मार्फत सार्वजनिक गरेको छ । कूटनीतिक प्रतिनिधि रहने क्षेत्रमा रहेको क्याफेमा सशस्त्र हतियारधारीले आक्रमण गरेका थिए ।

घटनास्थल नेपाली दूतावासदेखि एक किलोमिटर टाढा रहेको बताइएको छ । बंगलादेशमा विदेशीलाई बन्धक बनाइएको सम्भवतः यो पहिलो घटना हो ।

बंगलादेशमा पछिल्लो समय धर्मनिरपेक्ष ब्लगर, समलिङ्गी अभियानकर्ता, धार्मिक अल्पसंख्यक सदस्यको हत्या आईएसले गरेको विश्वास गरिन्छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर