newskoseli.Com

४ अङ्कले झर्‍यो सेयर बजार

अाइतबार सेयर बजार ४ अङ्कले झरेर १ हजार ७ सय १९ बिन्दुमा पुगेकाे छ । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार अाइतबार बजार खुलेको पहिलो दिनमै ४ अङ्कले घटेको हो ।

सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार अाइतबार १ सय ३७ कम्पनीको १ अर्ब ८५ करोड रूपैयाँ मूल्य बराबरको कारोबार भयो । अाइतबार मात्रै २ लाख ८३ हजार ३ सय कित्ता विभिन्न कम्पनीका सेयरकाे कारोबार भयो ।

नेप्सेका अनुसार अाइतबार लगानीकर्ता लघुवित्त कम्पनीको सेयरतर्फ आकर्षित भएका छन् । समग्रमा लघुवित्त कम्पनीको सेयर ६६ अङ्कले बढेको छ भने वित्त २९ र अन्य समूह ४ अङ्कले बढेका छन् ।

सधैँ उकालो लाग्दै आएको बिमा समूह अाइतबार भने खुम्चिएको छ । सो समूहमा अाइतबार २ सय २३ अङ्कले कमी आएको छ भने घट्ने सूचीमा बैंकिङ र जलविद्युत् समूह रहेका छन् ।

नेप्सेका अनुसार बैंकिङ समूह १३ र जलविद्युत् समूह ७ अङ्कले घटेका छन् । सेयर बजार औसतमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर