
साउदी अरेबियास्थित अमेरिकी वाणिज्य दुतावास नजिकै आत्मघाती विस्फोट भएको छ ।
समाचार एजेन्सीहरुका अनुसार जेद्दाहमा रहेको अमेरिकी वाणिज्य दुतावास नजिकै संदिग्ध हमलाकारीले आत्मघाती विस्फोट गराएको हो । विस्फोटमा दुई प्रहरी घाइते भएको जनाइएको छ ।
हमलाकारीको भने मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाले स्वतन्त्रता दिवस मनाउँदै गर्दा साउदीस्थित वाणिज्य दुतावास नजिकै सो विस्फोट भएको हो । (एजेन्सी)