newskoseli.Com

ताल संरक्षण अभिवृद्धिका लागि तालिम संचालन

ताल तथा सिमसार संरक्षण अभिवृद्धिका लागि स्थानिय उपभोक्ता समितिहरूका सदस्यहरूलार्इ राजधानीमा दुइदिने तालिम शुरू भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै  ‘ताल तथा सिमसार संरक्षण’ का अध्यक्ष नानिकाजी थापाले ताल तथा सिमसारका बारेमा प्रकाश पारेका थिए ।

‘प्राकृतिक वरदानबाट प्राप्त साधनलार्इ उपयोग गरि राष्ट्रिय बिकासमा लाग्न पाउनु गौरवको बिषय हो’ थापाले भने–दक्ष ब्यक्तिबाट नै ताल र सिमसार क्षेत्रको संरक्षण गर्न सकिने भएकाले प्रथम पटक यो तालिमको आयोजना गरिएको हो ।

‘नेपालका तालहरू धार्मिक तीर्थस्थलका रूपमा प्रसिद्ध छन्।’  धार्मिक पर्यटक, तीर्थालु तथा तालको विशेषतामा नकारात्मक असर नपर्ने गरि  तालबाट लाभ लिनुपर्नेमा अध्यक्ष थापाको  जोड थियो ।2

राष्ट्रिय ताल संरक्षण बिकास समितिका कार्यकारि निर्देशक कुलबहादुर शाहले तालिमको मुख्य उद्देश्य ताल संरक्षणका लागि सदस्यहरूलार्इ दक्षताको अविवृद्धि गराउनु भएको प्रष्ट पारेका थिए ।

‘ताल तथा सिमसार क्षेत्रमा आउने पर्यटक तथा तीर्थालुबाट आर्थिक उपार्जन गर्न सकिने भएकाले यसको संरक्षण र बिकास आवस्यक छ’ कार्यकारि निर्देशक शाहको भनार्इ थियो ।

रातापोखरी संरक्षण मंच, कास्किका अध्यक्ष प्रदिपनारायण शाहले ‘एक गाँउ एक पोखरी’ को अवधारणा अनुरूप कार्य हुनुपर्नेमा जोड दिएका थिए । ‘तालविना मानव सभ्यताको बिकास हुन सक्तैन’ शाहको भनार्इ थिायो–यसको संरक्षण र बिकासमा सबैले योगदान दिनु पर्छ ।

रूपाताल संरक्षणका अध्यक्ष कुलप्रसाद अधिकारीले भोलीको पुस्तालार्इ देखाउनका लागि पनि तालको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

नेपालमा अहिलेसम्म ५ हजार ३ सय ८५ तालहरू पत्ता लागेकाे पनि कार्यक्रममा जानकारि दिइएकाे थियाे । तालिम ‘राष्ट्रिय ताल संरक्षण बिकास समिति’ ले आयोजना गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर