newskoseli.Com

साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट, चारजनाको मृत्यु

इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थानको रुपमा लिइने साउदी अरेबियाको मदिनामा आत्मघाती बम विस्फोट भएको छ ।

मदिनामा रहेको पैगम्बर मुहम्मदको मस्जिद नजिक आत्मघाती आक्रमणकारीले आफूलाई विस्फोट गराएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्जिद नजिक रहेको सुरक्षा मुख्यालय आक्रमणको निशाना बनेको बताइएको छ । आत्मघाती विस्फोटमा चार जना सुरक्षा अधिकारीको मृत्यु भएको र पाँच जना घाइते भएको साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ

इस्लाम धर्ममा मदिना मक्कापछिको दोस्रो पवित्र शहर हो । आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर