newskoseli.Com

गजल

जुक्ति लाखौँ लगाई हमला गर्दैछ ।

त्यो नजरले मलाई हमला गर्दैछ ।

 

राज जम्मै खुलायो भँवराले आज ।

फूलले मुस्कुराई हमला गर्दैछ ।

 

दुस्मनी भो यसोरी किन बत्ती सङ्ग ?

पुतली तन् डढाई हमला गर्दैछ ।

 

सामना के गरी खै हतियारले गर्ला ?

ऊ बिचार सब् उठाई हमला गर्दैछ ।

 

सुरक्षा गर्छ कोही दूर बाटै मेरो ।

कोही दिलमा सजाई हमला गर्दैछ ।

 

टीका खड्का (राष्ट्रप्रेमी)

मधुमल्ला-४, मोरंग

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर