
टर्कीमा सेनाको एउटा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
टर्कीको उत्तर–पूर्वी क्षेत्रमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा अन्य आठ जना घाइते भएका छन् । सेनाका उच्च अधिकारी तथा उनीहरुका परिवार सवार हेलिकोप्टर दुर्घटनामा परेको हो ।
उनीहरु इद मनाउनका लागि गिरेसन जाँदै थिए । मृत्यु हुने तथा घाइते हुनेहरुमा बालबालिकासमेत छन् ।
ब्ल्याक सि नजिकको पहाडी इलाकामा हेलिकोप्टर दुर्घटना भएको हो । खराव मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । (एजेन्सी)