newskoseli.Com

बंगलादेशमा थप आक्रमण गर्ने आइएसको धम्की

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले बंगलादेशमा थप हमला गर्ने धम्की दिएको छ ।

ढाकाको एक रेस्टुरेन्टमा आतंकवादी हमला भएको एक साता नबित्दै आइएसले बंगलादेशमा थप आक्रमण गर्ने चेतावनी दिएको हो ।

एक भिडियो सन्देश जारी गर्दै सो संगठनले बंगलादेश सरकारलाई ‘गैर मुस्लिम’ भनेको छ । भिडियोमा तीन बंगलादेशी मुलका लडाकु समेत देखिएका छन् । तर उनीहरुको पहिचान खुलेको छैन ।

भिडियोमा उनीहरुले आफूहरुसँग गुमाउनका लागि केही बाँकी नरहेको भन्दै जित हासिल नभएसम्म संघर्ष जारी राख्ने जनाएका छन् ।

उल्लेखनीय छ, ढाका हमलाको जिम्मेवारी आइएसले लिएको छ । तर बंगलादेश सरकारले भने सो हमलामा स्थानीय उग्रवादी संगठनको संलग्नता रहेको भन्दै आइएसको संलग्नता नरहेको दाबी गर्दै आएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर