newskoseli.Com

साडीमा ‘शकुन्तला’ चलचित्रको भूमिकामा राजेश हमाल (तस्विर र भिडियो सहित)

 

 

 

 

 

 

नेपाली सिने क्षेत्रका ‘सुपरस्टार’ हुन् राजेश हमाल । पछिल्ला केही वर्षयता राजेश हमाल फिल्मकै कारण भन्दा पनि सामाजिक सञ्जालमा ‘राजेश दाइ’का कारण चर्चित छन् । तर, उनले अहिले फिल्न खेल्न भने रोकेका होइनन् ।

उनका विषयमा मिडियामा धेरै हल्ला हुने गर्छन् । केही हल्लालाई राजेश हमाल जवाफ दिन्छन् त कतिपयलाई बेवास्ता गर्छन् । केही समयअघि श्रीमती मधुसँग सम्बन्ध बिग्रिएको हल्ला चलेपछि राजेश हमालले त्यसको जवाफै दिए । तर, कुनै औपचारिक कार्यक्रम गरेर वा पत्रकार सम्मेलन आयोजना गरेर होइन । सामाजिक सञ्जाल फेसबुकमा श्रीमती मधुसहितको तस्बिर राखेर उनले उनका शुभचिन्तकलार्इ जवाफ दिएका थिए। पछिल्लो समय राजेश हमाल सामाजिक सञ्जाल फेसबुकमा बढी नै सक्रिय हुन थालेका छन्।

छिट्टै रिलिज हुने भनिएको ‘शकुन्तला’ फिल्ममा हमाल महिला भएर खेलेका छन् ।

तिजको आसपासमा रिलिज हुने भनिएको यो चलचित्रको तिज गीतको सुटिङ  भर्इसकेको छ । उक्त गीतमा राजेश हमाल रातो साडीमा अभिनय गरेका छन् । यो गीत सुटिङ गर्दाका केही तस्बिर राजेश हमालले सामाजिक सञ्जाल फेसबुक अपलोड गरेका छन् । मंगलबार साँझसम्म त्यो पोस्टमा पाँच हजार आठ सयभन्दा धेरैले लाइक गरेका छन् त एक सय ७५ भन्दा धेरै कमेन्ट गरिएको छ । राजेशले आफू महिला बनेको तस्बिर सेयर गरेको त्यो पोस्टलाई एक सय ३६ भन्दा धेरैले सेयर पनि गरेका छन् ।

 

केही तस्विरहरूः

rajesh1-768x509

13537783_1125712754133403_6912442577355498930_n

13567515_1125712704133408_1194652142465649771_n

भिडियो

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर