newskoseli.Com

बिहेका लागि दुलाहा सुटमा सजिएर आए, दुलही बाकसमा

अमेरिकाको लस भेगासमा एउटा अनौठो विवाह सम्पन्न भएको छ । समाचार एजेन्सीहरुका अनुसार केही दिनअघि एक कलाकारले आफ्नो स्मार्टफोनसँग विवाह गरेका छन् ।

एरोन चेर्भेनक नाम गरेका ती कलाकारले लस भेगासमा आयोजित वैवाहिक कार्यक्रममा आफ्नो स्मार्ट फोनसँग विवाह गरेका हुन् ।

सुटमा सजिएर दुलाहा विवाह समारोहमा उपस्थित हुँदा दुलहीका रुपमा स्मार्ट फोन भने सानो बाकसमा सजाएर ल्याइएको थियो ।

पादरी चेर्भेनकले दुलाहालाई विवाह अघि सोधेका थिए– के तपाई स्मार्ट फोनलाई कानुनी रुपमा पत्नी मान्नु हुन्छ ? के तपाई पत्नीका रुपमा प्रेम गर्नुहुन्छ ? निष्ठावान रहनुहुन्छ ?

जवाफमा उनले आफू इमानदार पति बन्ने बताएका थिए । एक स्मार्टफोन हमेसा सहयात्री हुने भएका कारण आफूले यस्तो निर्णय लिएको उनको भनाइ थियो । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर