newskoseli.Com

एकै दिन यति धेरै दुर्घटना !

देशका विभिन्न ठाउँ गरी अाइतबार बिहान अाधा दर्जनभन्दा बढी दुर्घटनाका समाचार अाएका छन् । कतै नदी थुनिएकाे, कतै मर्निङवाक हिँडेका दम्पतीलार्इ बसले ठक्कर दिर्इ मारेकाे, कतै माेटरसाइकल सवारलार्इ गाडीले ठक्कर दिर्इ मारेकाे, कतै करेन्ट लागेर मरेकाे तथा विभिन्न घटनामा परी दर्जनाैं घाइते भएका समाचार छन् ।

दुर्घटनामा महिलाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कविलास गाउँ विकास समिति वडा नं २ सिमलतालमा अाइतबार बिहान ट्रकको चक्कामा परेर मोटरसाइकलमा सवार १ महिलाको मृत्यु भएको छ । ट्रकलाई उछिन्ने क्रममा अगाडिबाट माइक्रोबस आएपछि एक्कासि ब्रेक लगाउँदा मोटरसाइकल पछाडि बसेकी महिला उछिट्टिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला केरौंजा गाविस– ५ की २४ वर्षीया लालमाया गुरुङ रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८२४५ नम्बरको ट्रकमा सोही दिशातर्फबाट आउँदै गरेको बा ६८ प १२१८ नम्बरको मोटरसाइकलले उछिन्ने क्रममा महिला उछिट्टिएर ट्रकको पछाडिको चक्कामुनि परेर मृत्यु भएको हो ।

मोटरसाइकल चालक सकुशल रहेका छन् भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोलामा डुबेर बालिकाको मृत्यु

महाेत्तरी । जिल्लाको सरपल्लो गाविसमा शनिबार साँझ खोलामा डुबेर १ बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सरपल्लो गाविस– ७ बस्ने आलम नदाफकी ७ वर्षीया छोरी चाँदनी खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्यधिक गर्मी भइरहेका बेला शनिबार साँझ ५ बजेतिर घरदेखि ५ सय मिटर दुरीमा रहेको रातो खोलामा साथीहरुसँग खेल्दै नुहाउन पुगेकी बालिका खातुनको सोही नदीमा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

बालिका खातुन खोलामा डुबेको निकै बेरपछि उनीसँगै गएका बालबालिकाले उनको खोजी गर्दा नभेटेपछि घरमा आएर उनका परिवारजनलाई भनेपछि उनको खोजतलास हुँदा साँझपख उनको शव खोलाकै पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

शव परीक्षणका लागि शनिबार राति जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करेन्ट लागेर एकको मृत्यु, चार गम्भीर घाइते

तुलसीपुर (दाङ) । विद्युत्को पोल गाड्ने क्रममा शनिबार साँझ लालमटिया गाविस– ७ बराहखुटीमा करेन्ट लागेर गम्भीर घाइते भएका ५ मजदुरमध्ये १ को उपचारका क्रममा अाइतबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लालमटिया गाविस– २ का २२ वर्षीय श्रीकृष्ण चौधरी रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते चौधरीको उपचारका क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सोही ठाँउका १८ वर्षीय मनिराम चौधरी, १९ वर्षीय अशोक चौधरी, २३ वर्षीय सीताराम चौधरी र २३ वर्षीय प्रकाश चौधरीको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

विद्युत् विस्तारको जिम्मा लिएका ठेकेदारले विद्युतसम्बन्धी जानकारी नै नभएका मजदुरलाई विद्युतीय काममा लगाउँदा उक्त दुर्घटना भएको दाङ प्रहरीले बताएको छ ।

आगलागीबाट १० लाख रूपैयाँ बराबरको क्षति

राजविराज । सप्तरीको कञ्चनपुर नगरपालिका– १० स्थित लक्ष्मणपट्टिमा शनिबार राति आगलागी हुँदा १० लाख रूपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय मङ्गल चौधरीको गाईगोठबाट अचानक सल्केको आगोले निजका ३ घर र छिमेकी राजेन्द्र चौधरीका ३ घर गरी ६ वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको हो । आगलागीबाट खाद्यान्न लत्ताकपडा भाँडावर्तन र नगद जिन्सी गरी १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए । आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

यी पनि अाजैका दुःखद् समाचार

मर्निङवाक हिँडेका दम्पतीलार्इ बसको ठक्कर : श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाली बसको ठक्करबाट एसएसबी जवान (भारतीय सुरक्षाकर्मी) को मृत्यु

पहिरोले थुन्यो तमोर नदी : वस्ती जोखिममा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर