newskoseli.Com

भारतको कश्मिरमा हिंसा भड्कियो, ११ जना मारिए

भारत प्रशासित कश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ११ जना मारिएका छन् । डेढ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रहरी र सुरक्षाकर्मीतर्फ ९६ जना र प्रदर्शनकारीतर्फ ७० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी कारवाहीमा अतिवादी संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानी मारिएपछि भएको प्रदर्शन हिंसात्मक बन्दा यो झडप भएको हो ।

कश्मिरमा उग्रवादका नयाँ अनुहार मानिएका २१ वर्षीय वानी र उनका दुई साथी श्रीनगरदेखि ४५ माइल टाढा मारिएका थिए ।

प्रदर्शन व्यापक हुनसक्ने आशंकामा अधिकारीहरुले इन्टरनेट र फोन सेवामा अस्थायी रुपमा रोक लगाएको छ भने अरु राज्यबाट आउने जाने रेल सेवा पनि रोकिएको छ ।

संवेदनशील क्षेत्रमा कफ्र्यू आदेश जारी गर्नुका साथै पृथकतावादी नेताको घरको घेराबन्दी गरिएको छ । वानीको गृह नगरमा भने भारत विरोधी नारा लगाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर