newskoseli.Com

अमेरिकामा गोली हानी दुई प्रहरीको हत्या

अमेरिकामा फेरी दुई प्रहरीको हत्या गरिएको छ । अमेरिकाको मिशिगन राज्यमा एक ब्यक्तिले अदालत परिसरमा गोली हानी दुई प्रहरीको हत्या गरेको हो ।

प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् । घटनामा दुई प्रहरी घाइते भएका छन् । बन्दुकधारी एक कैदी भएको खुलासा भएको छ ।

मुद्दाको सुनुवाईका क्रममा अदालत परिसरमा रहेका कैदीले अदालतकै सुरक्षार्थ खटिएका प्रहरीको बन्दुक खोसी गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । हत्या किन गरियो भन्ने खुलेको छैन । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर