newskoseli.Com

म त लड्न जन्मेको मान्छे

 

 

 

 

म त लड्न जन्मेको मान्छे लडिरहन्छु,
चुनौतीका भीरपाखा चढिरहन्छु !
तिमी पो मस्ती गर्ने जिन्दगीले लड्नुपर्ने भो,
सिँगान झार्दै भीरपाखा चढ्नुपर्ने भो !
मेरो हैन यो त तिम्रो बुद्धिले हो यार !
म त लड्न जन्मेको मान्छे…

भोकसँग लड्दालड्दै हुर्किएको म त,
स्वाभिमान पढ्दापढ्दै छिप्पिएको म त !
पहिलेपहिले फोक्लैण्डको टापुमा लडें
अहिले अरब-खाडीमा नि लडिरहेछु !
म त लड्न जन्मेको मान्छे…

बाजे लडे राणा शासन हटाउँन भनी
बाबु लडे पञ्चायत मिल्काउँन भनी
बहुदल नि जाली निस्क्यो म पनि लडें
गणतन्त्र पनि झन्डै दस वर्ष पढें
म त लड्न जन्मेको मान्छे…

जैलेसम्म भनेजस्तो दिन आउँदैन
तबसम्म चुप बस्न मन मान्ने हैन
सत्यनिम्ति लड्नुमै छ जिन्दगीको शान
सुखसँग सुत्न दिन्न राम्रोसँग जान
म त लड्न जन्मेको मान्छे…

२०७३/०३/२८
ढल्को

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर