newskoseli.Com

इटालीमा दुई वटा रेल ठोक्किँदा २३ जनाको ज्यान गयो, थुप्रै घाइते

इटालीमा दुई वटा रेल ठोक्किँदा २३ जनाको ज्यान गएको छ। दुई वटा यात्रु वाहक रेल ठोक्किएर भएको दुर्घटनामा अरु धेरै मानिस घाइते भएका छन्।

इटालीको दक्षिणी क्षेत्रमाको बारी र बार्लेट्टा बिचको तटीय शहर एड्रियामा रेल दुर्घटना भएको हो। एउटै रेलवे ट्रयाकमा दुई वटा रेल गुडेका कारण दुर्घटना भएको हो। दुर्घटना लगतै उद्दारकर्मीले उद्दारको काम सुरु गरेका छन्।

दुर्घटनाग्रस्त रेलको डिब्बाबाट निकालेर घाइतेलाई उपचारका लागि निजकको अस्पताल लगिएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ।

मानवीय भुलका कारण दुर्घटना भएको र यसबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन्। तीब्र गतिमा चलेका दुई रेल एउटै ट्रयाकमा भएका कारण दुर्घटनामा धेरैको ज्यान गएको हो।

दुर्घटनामा रेल क्षतविक्षत भएको छ। यो दुर्घटनाको क्षति विमान दुर्घटनाको जस्तै रहेको स्थानीय अधिकारीले बताएका छन्। प्रधानमन्त्री मेतियो रेन्जीले दुर्घटनाको जाँच गर्न आदेश दिए। एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर