newskoseli.Com

पाकिस्तानमा सैन्य शासनको माग गर्दै सहरभरी पोस्टर टाँगियो

पाकिस्तानमा सैन्य शासन लागू गर्न माग गर्दै विभिन्न सहरमा पोस्टर टाँगिएको छ ।

पञ्जावलाई आधार क्षेत्र बनाएको ‘मुभ अन पार्टी’ ले विभिन्न १३ सहरमा सेना प्रमुखको पोस्टर टाँगेर देशमा सैन्य शासन लगाउन माग गरेको हो ।

सो पार्टीले वर्तमान सरकारलाई अपदस्थ गरी सेना प्रमुखकै नेतृत्वमा विज्ञहरु सम्मिलित सरकार गठन गर्न माग गरेको छ ।

सो पार्टीका नेता अली हाशमीले संचारकर्मीहरुसँग भने, ‘पाकिस्तानमा सैन्य शासन लागू गर्ने बेला भइसकेको छ भन्ने कुरा सेना प्रमुखलाई बुझाउन हामीले अभियान थालेका हौं ।’ उनका अनुसार ४० दिनभन्दा लामो समय प्रधानमन्त्री नवाज शरीफ देश बाहिर हुनु अनौठो विषय हो ।

यसबारेमा सेनाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर