newskoseli.Com

संसदबाट बजेट पारित हुँदै

सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आज संसद्बाट पारित हुँदैछ । अहिले केहीबेरमा बस्ने संसद बैठकले जेठ १५ गते संसदमा पेश भएको बजेट पास गर्न लागेको हो ।

संसदले गत शनिबार विनियोजित विधेयक पारित गरिसकेको छ भने आज बजेटसँग सम्बन्धित थप तीन वटा विधेयक पारित गर्ने छ ।

बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयकमाथि सामान्य छलफलपछि पारित गर्ने तयारी संसद्ले गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर