newskoseli.Com

विजय लघुवित्तमा स्थायी कोटामा जागिर खुल्यो

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायकदेखि सहायक शाखा प्रवन्धकसम्मका  विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ ।

केही सहायक शाखा प्रबन्धक, एक जना निरिक्षण अधिकृत, एक ऋण अधिकृत, केही सहजकर्ता सहायक र केही सहायक प्रशिक्षार्थीको लागि कम्पनीले दरखास्त आह्वान गरेको छ ।

सहायक शाखा प्रबन्धकमा आवेदन दिने आवेदकले मान्यताप्राप्त शिक्षणसंस्थाबाट स्नातक वा सोसरह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

त्यस्तै निरिक्षण अधिकृत र ऋण अधिकृतमा आवेदन दिने आवेदकले व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै सहजकर्ता सहायक र सहायक प्रशिक्षार्थीको लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट प्रवीणता उत्तीर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक आवेदकले आजको मितिदेखि १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर