newskoseli.Com

बाराक ओबामाको विदेश नीति पुरै असफल : डोनाल्ड ट्रम्प

अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीको उम्मेदवारीको प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्पले आफ्नो आगामी नीति सार्वजनिक गरेका छन् ।

पछिल्लो चरणमा पाँचवटा राज्यमा भएको प्राइमरी चुनावमा जित हासिल गरेका ट्रम्पले आफूले ‘सबैभन्दा पहिला अमेरिका’को नीतिलाई प्राथमिकता दिने बताए । उनले राष्ट्रपति बाराक ओबामाको विदेश नीति पुरै असफल भएको आरोप लगाउँदै यस्ता लक्ष्यहीन नीतिले मुलुकलाई फाइदा नपुग्ने बताए ।

कनेक्टिकट, डेलावर, मेरिल्यान्ड, पेनसिलभानिया र रोडो आइल्यान्डमा जितपछि ट्रम्पले आफूलाई सर्वस्वीकार्य रिपब्लिकन उम्मेदवार भएको दाबी गरे ।

ट्रम्पले चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस) लाई चेतावनी दिँदै उनीहरुको दिनगन्ती शुरु भइसकेको बताए । उनले आइएसलाई कमजोर बनाउनका लागि इन्धनसम्मको उसको पहुँच समाप्त पार्नुपर्ने बताए ।

त्यसैगरी रुस, चीन र अरु सहयोगी देशहरुलाई एकसाथ लैजान उनीहरुसँग कुरा गर्ने उनको भनाइ थियो ।  ट्रम्पले अमेरिकाले जुन देशलाई रक्षा गरिरहेको छ, उनीहरुले त्यसको भुक्तानी गर्नुपर्र्ने बताए ।

यसो नभएमा सम्बन्धित मुलुकले नै आफ्नो बचाउ गर्नुपर्ने उनको भनाइ थियो । (एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर