newskoseli.Com

फ्रान्समा लरीले किचेर ७५ जनाको मृत्यु, सुनियोजित हमला भएको आशंका

फ्रान्सको नीस शहरमा लरीले किचेर कम्तिमा ७५ जनाको मृत्यु भएको छ । बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो । घटनामा कयौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा उत्सव मनाइरहेको भीडमा लरी गुड्दा ठूलो संख्यामा मानिस मारिएको बताइएको छ ।

लरीलाई रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लरीमा ग्रिनेड तथा बन्दुक फेला परेको अधिकारीहरुले जनाएका छन् । यो घटना नियोजित भएको हुनसक्ने आशंका गरिएको छ ।

यसैबीच घटनापछि फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले आपतकालीन बैठक बोलाएका छन् । गतवर्ष राजधानी पेरिसमा विद्रोही संगठन आइएसले आक्रमण गर्दा फ्रान्समा आपतकालीन अवस्था लागू गरिएको छ । विद्रोही समूह आइएसले पेरिसमा गरेको आक्रमणमा १ सय ३० जनाको ज्यान गएको थियो । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर