newskoseli.Com

माया गरौं डोल्पालाई

 

 

 

 

 

 

प्राकृतिक सुन्दरताले चारैतिर घेरिएको पिल्ला
नेपालको सबैभन्दा ठूलो डोल्पा हाम्रो जिल्ला
यार्सागुम्बा, पाँचऔंले अनगिन्ती हजारौं खाने
एक पटक घुम्नुपर्ने राष्ट्रपति–प्रधानमन्त्री ।

भेरी नदी तल बग्छिन्, माथि धुपी वन
विकास गर्न राज्यले त्यहाँ दिनुपर्छ धन
नाउर, झारल, कालिजको दृश्य कति राम्रो
देशको राजधानी हुनुपर्छ डोल्पा जिल्ला हाम्रो ।

पर्यटक त्यस्तै जान्छन् गाउँ छानी–छानी
एक पटक घुम्नैपर्ने राष्ट्रपति–प्रधानमन्त्री
आलु, फापर चिनो हुन्छ सबै खान पाइने
वेषभूषा, रीतिरिवाज आहा कति माया लाग्ने ।

डाँडाकाँडा, हिमालले मिठो मुस्कान दिने
अपार छ हाम्रो डोल्पा कति ज्ञान लिने
शिक्षा, स्वास्थ्य कमी छ विकासमा लागिपरौं
प्राकृप्रेमी हामी सबै डोल्पालीलाई माया गरौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर