newskoseli.Com

टर्कीमा सैन्य ‘कू’को असफल प्रयास समाप्त, २ सय मारिए,२८ सय पक्राउ

टर्कीमा सेनाको एक समुहले गरेको सैन्य ‘कू’को असफल प्रयास समाप्त भएको छ । स्थानीय समय अनुसार शुक्रवार रातीबाट गरिएको कु को प्रयासका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ ।

सैन्य कु को असफल प्रयासमा संलग्न उच्च सैन्य अधिकृत सहित करिब ३ हजार सैनिकलाई पक्राउ परेका छन् । टेलिभिजन सम्बोधन गर्दै टर्किस प्रधानमन्त्री बिनाली यिदिड्रिमले कु को प्रयासलाई प्रजातन्त्रको लागि कालो धब्बा भएको र यसका योजनाकारहरुलाई न्यायको कठघरा उभ्याइने प्रतिबद्धता व्यक्त गरे ।

कु को योजनामा संलग्न १ सय ६१ जना मारिएको र १४ सय ४० जना घाईते भएका छन् । कू को प्रयासमा संलग्न २८ सय ३९ जना सैनिकलाइ नियन्त्रणमा लिइएको छ ।

कु को प्रयास हुंदा राष्ट्रपति रिसेप तैयिप एर्दोगान तटिय शहर मारिमारिसमा थिए । प्रधानमन्त्रीले कु को प्रयास नियन्त्रणमा लिइएको बताएपछि उहां टर्कीस विमानस्थलमा देखिएका थिए ।

सैन्य कू को प्रयासलाई राजद्रोह भन्दै राष्ट्रपति एर्दोगानले आफ्नो सरकारले नियमित काम गरिरहेको बताए । टर्कीस सेनाको एउटा समूहले शुक्रवार रातभर राजधानी अंकारा, इस्लानबुललगायतका शहरमा बन्दुक र विष्फोट पदार्थ पड्काउँदै, ट्यांक र हेलिकोप्टरको समेत प्रयोग गरी निर्वाचित सरकारलाई सत्ताच्युतको प्रयास गरेको थियो ।

मध्य इस्तानबुको ताक्सिम स्वायरमा व्यापक झडप भएको थियो भने विद्रोही समुहले उडाएको हेलिकोप्टर सरकार समर्थित सेनाले खसालेको थियो । कु को प्रयास गर्ने सेनाको समुहले बन्दी बनाएका सेना प्रमुख हुलुसी अकरलाई उद्धार गरिएको बताइएको छ ।

अंकारामा रहेको संसद् भवन र राष्ट्रपति निवासमा आक्रमण गरिएको थियो । संसद् परिसरमा कम्तिमा एउटा बम विष्फोट गराइए पनि सांसदहरु सुरक्षित रहेको जनाइएको छ ।

करिब २ सय सेनाले सैन्य मुख्यालय छाडेर प्रहरी समक्ष आत्मसमर्पण गरेको सरकारी समाचार एजेन्सी एनाडोलुले जनाएको छ । अंकारा र अर्को मुख्य शहर इस्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन भएका थिए ।
एक टिभी स्टेसनलाई नियन्त्रणमा लिँदै कु पक्षधर सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका थिए ।

उनीहरुले टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरेका थिए । तर नेतृत्वविहिन जस्ता देखिएको सैन्य कू को प्रयास लामो समय टिकेन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर