newskoseli.Com

ब्रिटिश एयरवेजको विमानमा ड्रोन ठोक्कियो

ब्रिटिश एयरवेजको एउटा विमानमा मानवरहित विमान (ड्रोन) ठोक्किएको छ । बेलायतकै हिथ्रो विमानस्थलको टर्मिनल ५ मा अवतरण गर्नु केही अघि उक्त विमानमा ड्रोन ठोक्किएको हो ।

१३२ यात्रु र चालक दलका पाँच सदस्य सवार सो विमान अवतरणको तयारीमा रहँदा आकाश मै ड्रोनसँग ठोक्किएको हो । यद्यपी कुनै प्रकारको क्षति विना नै सो विमान अवतरण गर्न सफल भएको जनाइएको छ ।

जेनेभाबाट लन्डन आएको सो विमान अवतरण गर्नुभन्दा केही मिनेट अघि ड्रोनमा ठोक्किएको हो ।

बेलायतमा ड्रोनको अवैध उडान ठूलो समस्या बन्दै आएको छ । २५ पाउन्डदेखि २० हजार पाउन्ड मूल्यसम्मका ड्रोन बजारमा उपलब्ध भएका कारण गैर व्यावसायिक तथा अनधिकृत रुपमा ड्रोन उडाउनेको संख्या पनि बढ्दो रहेको अधिकारीहरु बताउँछन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर