newskoseli.Com

जापानमा ५.० मयाग्निच्यूडको भूकम्प

 जापानको राजधानी टोकियोलगायत पूर्वी जापानको ठूलो क्षेत्रफलमा आइतबार ५.० म्याग्निच्यूटको भूकम्प धक्का महसुस गरिएको अमेरिकी भूगर्व विभागले जनाएको छ ।

मानवीय तथा अन्य भौतिक संरचनामा भूकम्पबाट क्षति भएनभएको बारे कुनै तथ्याङ्क उपलब्ध भइनसेको जापानको मौसम विज्ञान केन्द्रले बताएको छ ।
स्थानीय समय अनुसार आइतबार दिउसो १ः२४ मा गएको भूकम्प ४० किलोमिटर गहिराइबाट इवाराकी इलाकालाई केन्द्रबिन्दु बनाएर गएको छ । टोकियोका भवनहरुमा भूकम्पका कारण कुनै क्षति भएको नपाइएको भएपनि “सिनकानसेन” रेल सेवा भने केही समयका लागि अवरुद्ध भएको जापानी सञ्चारमाध्यम तथा सरकारी अधिकारीले जनाएका छन् ।

भूकम्पका कारण सुनामी आउन सक्ने सम्भावना नदेखिएको केन्द्रले बताएको छ । जापान चारवटा ‘तेक्नोटिक प्लेट’ मा अवस्थित रहेकाले प्रत्येक वर्ष जापानमा तुलनात्मक रुपमा केही ठूलो तथा कैयौँ साना भूकम्पको महसुुस हुने गर्छ । मापदण्ड अनुसार बनेका मजबुत घर तथा ठूलो भवन र अन्य भौतिक संरचनामा भूकम्पका कारण ठूलो क्षति भने कमै हुने गर्छ ।

सन् २०११ मा जापानको सामुद्रिक इलाकामा गएको भूकम्पका कारण सुनामी आउदा भने १५ हजार मानिसको ज्यान गएको थियो ।
त्यस्तै उक्त भूकम्पका कारण फुुकुसिमामा रहेका तीन वटा परमाणु भट्टी पनि भत्किएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर