newskoseli.Com

अमेरिकाद्वारा आफ्ना नागरिकलाई टर्की नजान निर्देशन

 संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई टर्की भ्रमणमा नजान निर्देशन गरेको छ ।

अमेरिकाले टर्कीमा शुक्रबार राति गरिएको असफल सैनिक विद्रोही “कू” को पृष्ठभूमिमा आफ्ना नागरिक माथि टर्कीमा आतङ्कारी समूहको खतरा रहेको बताउँदै टर्कीमा रहेको नागरिकलाई त्यहाँबाट बाहिर जान र जाने तयारी गरेकाहरुलाई भ्रमण रद्ध गर्न एक विज्ञप्ती जारी गरी आग्रह गरिएको छ ।
टर्कीमा भएको असफल सैनिक विद्रोहमा अहिलेसम्म २६५ जनाको ज्यान गइसकेको छ । कैयौँ नागरिक गम्भीर अवस्थामा उपचाररत रहेकोले मृतक सङ्ख्या यसभन्दा बढी पुग्न सक्ने बताइएको छ ।

घटनामा करिव १५ सय मानिस घाइते भएको बताइएको छ । टर्कीको एर्डोगान समर्थक सरकारले असफल “कू” प्रयासमा संलग्न भएको आरोपमा करिव तीन जहार सेनालाई सुरक्षा नियन्त्रणमा लिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर