गत आर्थीक बर्षामा जिल्लाका पाँच कार्यालयबाट २७ अर्ब ८७ करोड राजस्व सङ्कलन भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आन्तरिक राजस्व कार्यालयले १६ अर्ब ९० करोड, भन्सार कार्यालयले १० अर्ब चार करोड तथा जिल्ला प्रशासन र मालपोत कार्यालयले ९१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा जिल्लामा चालु शीर्षकमा ९ प्रतिशत र पुँजीगततर्फ २५ प्रतिशत रकम फ्रिज गएको छ ।
जिल्लाको ९९ वटा सरकारी कार्यालयमा गत आवको चालु शीर्षकमा सात अर्ब रकम मध्ये ६ अर्ब ४१ करोड खर्च भएको छ भने ५९ करोड खर्च हुन नसकेको काेष तथा लेखा नियन्त्रणा कार्यालय (कोलेनिका) ले जनाएको छ । यस्तै पुँजीगततर्फ तीन अर्ब आठ करोड बजेट मध्येबाट दुई अर्ब २८ करोड खर्च भएको छ भने ८० करोड फ्रिज भएको छ । चालुगत शीर्षकमा ५९ करोड र पुँजीगत तर्फ ८० करोड गरी एक अर्ब ३९ करोड रकम फ्रिज भएकाने बताइएको छ ।