newskoseli.Com

विमोचित भयो ‘मेरो घुमाउरो बाटो’

साहित्यकार इडा उपाध्यायद्वारा अङ्ग्रेजीमा लिखित ‘माइ वाइन्डिङ पाथ’ (मेरो घुमाउरो बाटो) कवितासङ्ग्रह शुक्रबार राजधानीमा विमोचन गरिएको छ ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको उक्त सङ्ग्रह ७ भागमा विभाजित छ । यसमा करिब १ सय २० कविता छन्, जसका विषयवस्तुमा नारी स्वतन्त्रता, नारी–पुरुषको सहयात्रा, नेपाली संस्कृति, संस्कार आदि छन् ।

कृति विमोचन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले छोटा–छोटा कविताको शैली राम्रो भएको र यसले आफ्नो भाषा र संस्कृतिको परिचय विश्वमा दिने खालको भएको बताए ।

कार्यक्रममा समीक्षक प्रा.डा. अनिता ढुङ्गेलले रचनाकारले आफ्नो बाल्यकालदेखि अहिलेसम्म भोगेका कुरालाई कलात्मक र सौन्दर्यपूर्ण तरिकाले कवितामा उतारेको बताइन् । समीक्षक मोमिलाले उपाध्यायका कविताले प्रकृति, जीवन, समय र संवादसँग संवाद गरेको र सूक्ष्म रुपमा नारी संवेदनालाई अभिव्यक्त गरेको टिप्पणी गरिन् ।

समालोचक महेश पौडेलले आफ्ना व्यक्तिगत अनुभव र अनुभूतिलाई समेटेर विश्वसँग संवाद गर्दै कविले पूर्वीय सभ्यता तथा स्थानीय माटो र सुगन्ध व्यक्त गरेको बताए । वरिष्ठ इन्जिनियर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल तथा साहित्यकार शशि रिमाल (रचनाकारका पितामाता) ले कवयत्री उपाध्याय सानैदेखि भावुक, अन्तर्मुखी र प्रतिभाशाली भएकाले अहिले कवितासङ्ग्रह प्काशित गर्न सकेको बताए ।

नेपाल र अमेरिकामा आफ्ना कविता वाचन गरिसकेकी शिक्षिका तथा समाजसेवी उपाध्यायले २० वर्षदेखि लेख्न सुरु गरेकी हुन् । कथाकार पनि रहेकी उपाध्यायले यसअघि कथाहरुको सङ्ग्रह ‘हुलाकी’ को सम्पादन गरेकी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर