newskoseli.Com

पक्ष–विपक्षमा यस्तो छ संसदको अंकगणित

शुक्रबारदेखि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावमाथि बहस सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा उनको पक्ष–विपक्षमा गरमागरम बहस शनिबार पनि जारी छ ।

एमालेलगायतका दलले उनको बचाउ गरिरहेको छन् भने कांग्रेस–माओवादी लगायतले ओलीको चर्को विरोध गरिरहेका छन् ।  छलफल सकिएपछि आइतबार प्रधानमन्त्री ओलीले सांसहरूका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि अविश्वासको प्रस्तावउपर संसदमा आइतबारै मतदान गरी टुंगो लगाउने कार्यतालिका छ ।

ओलीको विपक्षमा स्पष्ट बहुमत देखिइसकेको भए तापनि औपचारिकता पूरा गर्न मतदान हुने भएको छ । हालसम्मको राजनीतिक परिवेश हेर्दा ओलीको पक्ष–विपक्षमा यस्तो छ संसदको अंकगणित–

अविश्वासको प्रस्तावका पक्षमा ३ सय ५० सांसद
कांग्रेस– २०७
माओवादी– ८२
संघीय फोरम– १५
तमलोपा– ११
सदभावना पार्टी– ६
नेकपा संयुक्त– ३
रामसपा– ३
तमसपा– ३
थरुहट तराई पार्टी– १
नेपाली जनता दल– १
समाजवादी जनता पार्टी– १
फोरम गणतान्त्रिक– १
नेपाः राष्ट्रिय पार्टी– १
नेपाल सदभावना पार्टी– १

अविश्वासको प्रस्तावका विपक्षमा २ सय १९ सांसद
एमाले– १८२
राप्रपा नेपाल– २५
माले– ५
नेमकिपा– ४
राष्ट्रिय जनमोर्चा– ३

पक्ष–विपक्षमा नखुलेका २४ सांसद
फोरम लोकतान्त्रिक– १४
नेपाल परिवार दल– २
जनमुक्ति– २
बहुजन शक्ति पार्टी– १
दलित जनजाती पार्टी नेपाल– १
खुम्बुवान मोर्चा– १
अखण्ड नेपाल पार्टी–१
मधेश समता पार्टी नेपाल– १
स्वतन्त्र चन्द्रेश्वर झा– १

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर