newskoseli.Com

किसानले सहुलियतमा ऋण पाएनन्

सरकारले प्रदान गर्ने सस्तो ब्याजदरको सहुलियत ऋण किसानले अहिलेसम्म पाउन सकेका छैनन् । सहुलियत ब्याजदरमा कृषि ऋण पाउन नसकेको किसानको गुनासो छ ।

मदनपोखराका सुकदेव रिजाल तीन पटकसम्म वाणिज्य बैंकमा ऋण लिन पुगे पनि ऋण नपाएको बताउछन् । “पटक पटक धाए पनि वाणिज्य बैंकले पत्याएको छैन,” उनले भने ।

कृषि ऋण नपाउँदा किसान महँगो ब्याजदरमा जग्गा धितो राखेर नीजि क्षेत्रका बैंकबाट ऋण निकाल्न बाध्य भएका छन् । सरकारले तीन वर्ष किसानलाई सस्तो ब्याजदरमा कृषि ऋण दिने घोषण गरेको थियो ।

सरकारले घोषणा गरे पनि कृषि ऋण प्रवाहका लागि बैंकलाई नीतिगत समस्या भएको वाणिज्य बैंकका शाखा प्रबन्धक मित्रलाल नेपालीले बताए।

ग्रामीण क्षेत्रका किसानसित प्रशस्त मात्रामा धितो राख्ने जग्गा छैन । फर्म र बिमाका आधारमा ऋण दिनुपर्ने किसानको माग छ । तर प्रबन्धक नेपालीले नीतिगत समस्या समाधान भए सस्तो ब्याजदरमा ऋण प्रवाह गर्न सकिने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर