newskoseli.Com

नुनको मूल्य प्रतिकिलो रु १५० नाघ्यो !

जिल्लाको सुगम क्षेत्रमा प्रतिकिलो नून रु २० मा पाइन्छ । ढिके नुनको भाउ प्रतिकिलो रु १५ रहेको छ । तर उत्तरी गोरखाको हिमालपारिका सात गाविसमा भने प्रतिकिलो नुनको मूल्य रु १५० नाघेको छ ।

सडक सञ्जालले नछोएका यी गाविसमा खाद्यान्नलगायत सामग्रीको ढुवानी खच्चडमार्फत गरिन्छ । बर्खा लागेपछि पहिरोले मनास्लु पदमार्ग अवरुद्ध हुँदा खच्चडमा गरिने ढुवानी बन्द हुन्छ । नुन, तेल, खुर्सानीको भाउ महँगिएपछि स्थानीयवासी मर्कामा परेका छन् ।

थुमी गाविसको सोतिबजारबाट खच्चडले सात दिन लगाएर तिब्बतसँग सिमाना जोडिएको सामागाउँ गाविस पु¥याएको नुन प्रतिकिलो रु १५० मा बिक्री भइरहेको स्थानीय शिक्षक वीरबहादुर लामाले जानकारी दिए।

“एक किलो सामान ढुवानी गर्दा रु ८०÷९० पर्छ,” उनले भने– “भूकम्पपछि राहत र निर्माण सामग्री ढुवानी गर्न भ्याइनभ्याइ छ । भने जति पैसा पाएपछि खच्चड व्यवसायीले खाद्यान्नको सट्टा निर्माण सामग्री ढुवानीलाई प्राथमिकता दिएका छन् ।”

आयोडिनयुक्त नुनको मूल्य रु १५० नाघेपछि स्थानीयवासीले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्न थालेका छन् । ढिके नुनमा आयोडिनको मात्रा कम हुने भएकाले गलगाँडलगायतका विभिन्न रोग लाग्नसक्ने जोखिम हुन्छ ।

“चौँरीलाई खुवाउन ल्याएको नुन मान्छेले खान थाले”, लामाले भने । स्थानीय बजारमा आयोडिनयुक्त नुनको अभाव भएको छ ।

थुमीको सोतिबजारदेखि माछाखोला, सिर्दिवास हुँदै सामागाउँसम्म बर्खा लागेपछि खच्चड सञ्चालन भएको छैन । उत्तरी क्षेत्रमा सञ्चालित एक हजार ३०० बढी खच्चडले काम पाएका छैनन् । ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौँजा, काशीगाउँलगायत गाविसमा पनि नुन, तेल, चामलको अभाव भएको छ ।

पहिरोले मनास्लु पदमार्ग अवरुद्ध गरेको, उर्लेको बूढीगण्डकीको भेलले चुम्चेत–१ लोक्पा सर्दीखोलामा बाटो बगाउँदा दैनिक उपभोग्य सामग्रीको अभाव चुलिँदै गएको छ । गत वर्षको बर्खामा खच्चड सञ्चालन नहुँदा स्थानीयले राहत सामग्री उपभोग गर्नुपरेको थियो ।

नेपाल खाद्य संस्थानले माछाखोला र सिर्दिवास डिपोमा कोटाअनुसार क्रमशः दुई हजार र तीन हजार क्विन्टल खाद्यान्न ढुवानी नगर्दा उत्तरी भेगमा खाद्य सङ्कट भएको हो । एक बोरा (३० किलो) चामललाई रु चार हजार ५०० पर्छ । “थोरै कमाई हुनेलाई भात खान मुस्किल पर्छ,” शिक्षकले लामाले भने।

गाउँदेखि माछाखोला आवतजावत गर्ने बाटो पहिरोले अवरुद्ध भएपछि केरौँजावासीलाई समेत दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । केरौँजागाउँबाट रुन्चेत झर्ने बाटोमा ठूलो पहिरो गएको छ । त्यहाँ आधा घन्टाको बाटो पार गर्न तीन घन्टा लाग्ने गरेको केरौँजा–५ रुन्चेतका धनप्रसाद गुरुङले बताए।

केरौँजामा प्रतिकिलो नुनको मूल्य रु ४५ पर्छ भने सोना मन्सुली चामलको मूल्य प्रतिबोरा दुई हजार ५०० पर्छ । “एक महिनादेखि खाद्य सामग्री ढुवानी ठप्प छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर