newskoseli.Com

‘जय परशुराम’ गीतमा नीशा र विराजको जोडी (भिडीयो सहित)

नायक विराज भट्ट ५ बर्षपछि नेपाली चलचित्रको पर्दामा फर्किएकाले पनि यतिबेला उनको चर्चा चुलिएकाे छ । विराज पुरानै शैलीमा अडिन सक्लान कि नसक्लान भन्ने अहिले फिल्मी बजारकाे बहसकाे विषय बनेकाे छ ।

विराजको आगमनलाई प्रमुख रूपमा लिँदै निर्देशक रोज राणाले कुनै कसर बाँकी राखेका छैनन् । चलचित्रको टिजर र ट्रेलरबाटै चर्चाकाे शिखरमा पुगेकाे ‘जय परशुराम’को गीत सार्वजनिक भएको छ । महेश खड्काको संगीतमा तयार भएको ‘म त हुन्छु’ बोलको गीत युटुबबाट सार्वजनिक भइसकेकाे छ ।

डाक्टर कृष्णहरि बरालको शब्दमा सृजित उक्त गीतमा दीपक लिम्बु र अञ्जु पन्तले आवाज दिएका छन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
मौनता श्रेष्ठले लेखेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायाङ्कन छ । गीतको भिडियोमा नायक विराज र नायिका नीशा अधिकारीको केमेष्ट्री देख्न सकिन्छ ।

चलचित्र ‘जय परशुराम’ साउन २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा रविन तामाङ खलनायकको भूमिकामा छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर